समाचार

काकाकुल काठमाडौँको तिर्खा मेट्न मेलम्चीको पानी

बहुप्रतिक्षित मेलम्चीको पानी पानी राजधानीबासीको धारा धारामा पठाउन सुरु गरिएको छ। महाकांलचौरस्थित पानी ट्यांकीबाट आइतबार वितरण सुरु गरिएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का प्रमुख कार्यकारी अधिकृत (सीइओ) मिलन शाक्य, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ९भ्याली बोर्ड० कार्यकारी निर्देशक संजीवविक्रम राणा, वितरण शाखा प्रमुख लगायतले ताला खोलेर पानी वितरणको शुभारम्भ गरेका हुन्।

महांकालचौरबाट वितरण गरिने पानी महांकालचौर, चाबहिल, कुटुबहाल, देवकोटा सडक, बत्तीसपुतली, जयवागेश्वरी, सिफल, कालोपुल, एयरपोर्टहाइट,देवकोटा सडक लगायतका एरियामा पुग्नेछ। उक्त रिजर्भ्वायरमा जोडिएका सबै सिस्टमा करिब डेढ घण्टामा पानी पुग्नेछ।

बेलुकीसम्म अनामनगर, मिनभवन,खुमलटार गरि थप तीन वटा रिजर्भ्वायरबाट वितरण सुरु गर्ने तयारी छ। त्यसका लागि ती रिजर्भ्वायरहरुमा पानी भर्न सुरु गरिसकेको केयुकेएलका सीइओ शाक्यले बताए। उनका अनुसार आज बेलुकीबाट चार करोड लिटर पानी वितरण थाल्ने योजना छ। करिब ८० हजार धारामा पानी पुग्नेछ। विस्तारै पानी वितरणको परिमाण र क्षेत्र बढाउदै लैजाने योजना छ।

सोमबार बालाजु पोखरीबाट थप वितरण हुनेछ। त्यसपछि महाराजगञ्ज र बाँसबारीको पोखरीमा पनि वितरण हुनेछ। ‍बिस्तारै परीक्षण गर्दै वितरण गर्दै जाने योजना रहेको शाक्यले बताए। पहिलो दुई दिन ४ करोड त्यसपछि ६।५ करोड़ र ४ दिनपछि ८।५ करोड लिटर वितरण गरिने छ। त्यसपछि परिमाण र क्षेत्र बढाउदै लगेर बैशाखसम्म १७ करोड लिटर पानी वितरण गरिसक्ने योजना केयुकेएलले बनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button