बिजनेश

NIFRA को मूल्य बढ्नुमा आयो एस्तो विश्लेसण

(१). चौथो दिनको NIFRA को floorsheet अवलोकन गर्दा 500*34=17000 वटा transactions हरु भएको देखियो जसमा लगभग १,००,००० कित्ता कारोबार भए पछि mutual fund ले बेच्न सुरु गरेको देखियो तर तत्काल केहि समय पछि अलिक ठुलो संख्याको कारोबार हुन छोडि केबल २०,३०,४०,५०,६० कित्ताको कारोबारहरु मात्र देखियो र अन्त्य सम्म त्यहि लय देखियो । तसर्थ मेरो अनुमानः सुरुमा supply बढाएर fear उत्पन्न गरि धेरै भन्दा धेरै शेयर capture गर्न खोजेको होकि भन्ने लाग्यो।
(२). लगभग १लाख कित्ता ५०-६० को कारोबार पछि एकैचोटि ७१२०५ कित्ता को एकमुष्ट कारोबार भयो। यसको मतलब ७१२०५ कित्ता कसैले (संभवत mutual fund) ले बेचेता पनि एकैचोटि ७१२०५ कित्ता अर्कोले(संभवत mutual fund) झ्वाम्मै उठाएको हो भन्ने पनि देखियो। तसर्थ mutual fund ले बेचेर फरि पनि mutual fund ले नै उठाएको देखियो।
(३)। Nifra को सुरुका ३ दिनको trend हेर्दा लगभग दैनिक ५०,००० को दरले कारोबार भईरहन्दा एकैचोटि आज १३९७००० कित्ता कारोबार हुनुले कृतिम डर (artificial fear) पैदा गरिएको हुन सक्ने संभावना छ भने अर्को संभावना Nifra मा धेरै नवआगन्तुकहरुको (new investors/traders) आगमन भएकोले डराएर बेचेको पनि हुन सक्ने देखियो। आज लगभग १७००० जनाले कारोबार गरेको देखियो जुन कुल १५लाख लगानिकर्ताको तुलनामा निकैनै थोरै संख्या हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button