समाचार

मुस्ताङको आकाशमा प्रकृतिको अनौठो र डरलाग्दो स्वरुप

जोमसोम: आइतबार मध्यान्हपछि मुस्ताङको सन्घ्याकालीन आकाशमा अनौठो प्रकारको डरलाग्दो प्राकृतिक स्वरुप देखियो ।

मुस्ताङका स्थानीयले साँझ देखिएको प्राकृतिक स्वरुपमा नियालेर आश्चार्य व्यक्त गरे । यसअघि मुस्ताङको आकाशमा यस्तो प्राकृतिक स्वरुप कहिल्यै नदेखिएको स्थानीय बताउँछन् । मुस्ताङमा आइतबार दिनभर बेजोडले हावाहुरी चलेको थियो ।

बेजोडको हावाहुरी चल्नु अनौठो नभए पनि हावा रोकिएपछिको सन्घ्याकालीन साँझ भने प्रकृतिको स्वरुपले अनौठो रुपमा धारणा गर्‍यो । स्थानीयहरुले केही शुभसंकेत हो वा विनाशको संकेत हो भन्दै उक्त दृश्यलाई कैद गरी सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाए ।

जलवायु परिवर्तनका कारण मुस्ताङमा यो सिजन हिउँ पर्न सकेको छैन । कतिपयले यसलाई हिउँ पर्ने संकेत पनि भनेका छन् ।

यसैबीच मुस्ताङको आकाशमा २ वटा उल्का देखियो । जुन जमिनको धरातलबाट नियाल्दा केही ठूलो र अर्को सानो थियो । यस्तै दक्षिण—पूर्वतर्फको धवलागिरी हिमालको आसपासमा सेतो बादलभित्र पहेलो लेपन लगाइएको जस्तो बादलको मुस्लो फैलिरहेको देखिन्थ्यो ।

त्यो फैलिएको पहेलो रङ्ग मिश्रित आपसमा अलग अलग हुँदा समेत सेतो बादलमा पहेलो रङ्ग छुट्टिन सकेको थिएन । यस्तै निलगिरी हिमालको आसापासमा कालो बादलको डरलाग्दो स्वरुप देखियो ।

एकातिर पूर्वतर्फ कालो मुस्लो बादल मडारिएको छ भने अर्कोतर्फ दक्षिण पश्चिममा पहेलो सुनले लेपन लगाए जस्तै बादलको अनौठो स्वरुप । यसअघि पनि मुस्ताङको आकाशमा अनौठा दृश्य देखिने गरे पनि यस्तै स्वरुपको दृश्य यसअघि कहिल्यै नदेखिएको स्थानीयहरु बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button