समाचार

वडा कार्यालयमै यौ न स-म्पर्क गर्दागर्दै वडा अध्यक्ष प क्राउ

डा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडा अध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ का स्थानीयले आन्दोलन थालेका छन् ।

वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रसँग यौन क्रियाकलाप गर्दैगर्दा भेटिएपछि उनीहरूले कार्वाहीको माग गर्दै आन्दोलन थालेका छन् । श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले राति घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।

वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछी स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए । कार्यालयमा यौन क्रियाकलाप गरेको भन्दा स्थानीयले आन्दोलन थालेपछि प्रहरीले मुद्दा अघि बढाएको छ ।

रातको एक बजे महिलासहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button