समाचार

आमाप्रति समर्पित खानाले बीबीसी मास्टर सेफको टप ३ मा सन्तोष

लण्डन । नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ प्रतियोगिताको शीर्ष ३ जनामा छानिएका छन् ।

‘बीबीसी वान’ मा प्रशारित फाइनल राउण्डको दोस्रो चरणमा भाद्गाउँले टोपी लगाएर गएका उनि प्रतियोगितामा अघि बढ्दै टप ३ मा पुगेका हुन् ।

आज साँझको एपिसोडबाट एक जना बाहिरेका छन् । बाँकी तीन जना फाइनल राउण्डमा पुगेका छन् ।

उनले टप ३ मा पुग्न आफ्नो मनपर्ने मान्छेलाइ सम्झिएर खानाको परिकार बनाउन पर्दा आफ्नी आमालाइ सम्झिएर बासी भात शैलीमा भुटेको चिउरा , भुटेको खुर्सानी र नुन, गोल्डडेन पुरी, गंगटाको करी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज बनाएका थिए । सन्तोषको पाककलाको निर्णयकहरुले खुलेर तारिफ गरेका थिए । उनले खानापनि आमाले झै टिफिन बट्टामा पस्किएर दिएका थिए।

शाहले फाइनल एपिसोडको लागि पनि नेपाली खानाका परिकारको तयारी गरेको जानकारी लेखपत्रलाइ दिए ।

सन्तोषले प्रतिस्पर्धा जित्नु भन्दा ठूलो नेपाली खानालाई चिनाउने रहेको बताए ।

शाहले भने ‘मैले केही नेपाली खाना चिनाउन सफल भए त्यसैले नेपालीको जित भैसक्यो जस्तो लाग्छ तर बाँकी फाइनलमा टाइटल जित्ने प्रयास गर्दैछु ।’

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button