समाचार

आफू इमरान र सन्नीको छोरा भएको बिहारका एक विद्यार्थीको ‘दाबी’, भयो हंगामा !!

बिहारको एक कलेजका विद्यार्थीले आफ्नो एडमिट कार्डमा बुवाको नाममा बलिउड अभिनेता इमरान हासमी र आमाको नाममा सन्नी लियोनी उल्लेख गरेका छन् । धनराज महतो डिग्री कलेजमा बीए दोस्रो वर्षमा अध्ययनरत २० वर्षीय कुन्दन कुमारले सो दाबी गरेका हुन् ।

सो एडमिड कार्ड यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस दाबीबारे सन्नी लियोनीले पनि प्रतिक्रिया जनाएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘ठूलो सपना देख्ने बाटोमा, हाहा….. ।’ गत हप्ता इमरान हास्मीले पनि यसबारे प्रतिक्रिया जनाउँदै ‘भगवान कसम, मेरो बच्चा होइन’ भन्ने प्रतिक्रिया दिएका थिए ।

उक्त एडमिट कार्डबारे थाहा पाएपछि बाबसाहेब भीमराओ अम्बेडकर विहार विश्व विद्यालयका अधिकारी नै आश्चर्यचकित छन् । कुन्दनले बुवा र आमा भनेर इमरान र सन्नीको नाम लेख्नुका साथै आफू बस्ने स्थानमा चतुरभुज स्थान लेखेका छन् । रोचक कुरा, यो एक रेड लाइट क्षेत्र हो ।

‘हामीले यस विषयमा छानबिन गर्न भनेका छौँ । यो पक्कै पनि विद्यार्थीको मजाक हो र यसका लागि उनी नै जिम्मवार देखिन्छन् । छानविनको रिपोर्टको आधारमा आवश्यक कारवाही गरिनेछ,’ विश्वविद्यालयका रजिस्ट्रार राम कृष्ण ठाकुरले भने ।

बादशाओ चलचित्रका लागि एक आइटम गीतमा इमरान र सन्नीसँगै देखिएका थिए । त्यसयता उनीहरुले एकै चलचित्रमा काम गरेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button