समाचार

विवेकशील र साझा पार्टीको एकता घोषणा

काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टीबीच अहिले एकता घोषणा हुँदैछ। बुधबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर दुई पार्टीबीच एकता हुन लागेको हो। एकतापछि नाम ‘विवेकशील साझा पार्टी’ रहनेछ।

कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूल परिस्थितिलाई दृष्टिगत गर्दै पार्टी एकता घोषणा कार्यक्रम जुम र फेसबुक लाइवमार्फत् आयोजना गरिएको छ।

कार्यक्रमको अन्तिम खण्डमा नवगठित विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेसँगको छलफलसमेत राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button