मनोरन्जन

पति पत्नी मिलेर गर्नुहोस संगै यी काम,मिल्नेछ नसोचेको सफलता

पति पत्नीको मुख्य कर्तव्यमा एक हो सबै पुजाका कार्य दुबै मिलेर गर्ने । पति वा पत्नी एक्लैले पुजा अर्चना गर्दा त्यसको महत्व त्यती नहुने शास्त्रमा उल्लेख छ। शास्त्रका अनुसार पति पत्नी एक साथ पुजा आदीको कर्म गर्दा त्यसको पुण्य कयौँ जन्मसम्म प्राप्त हुने तथा पुरानो पाप समेत नास हुने गर्दछ।पतिको हरेक कार्यमा पत्नी हिस्सेदार हुने गर्दछन्। शास्त्रमा यही कारणले पुजा कर्म दुबैका लागि एक साथ गर्ने नियम बनाइएको हो। पति पत्नीले दुबै एकसाथ तिर्थयात्रा गर्दा त्यसबाट पुण्य त मिल्छ नै साथै एक अर्काबीचको प्रेम पनि बढ्ने गर्दछ। स्त्रीलाई पुरुषको शक्ति मानिने गरिन्छ।

त्यसैले पनि सबै देवी देवताको नाम भन्दा अघि पहिले उनको शक्तिको नाम लिने गरिन्छ। जस्तै सिताराम, राधाकृष्ण । यसै कारणले पत्नीबीना कुनै पनि धार्मिक कार्य अधुरो मानिने गरिन्छ। त्यसैले पति पत्नीले तिर्थयात्रा वा पाठ पुजा साथमा गर्नु पर्दछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button