समाचार

बैतडीमा मृत फेला परेका १४ गाई हत्याको आशंकामा एक जना पक्राउ !!

बैतडीमा मृत फेला परेका १४ गाईको हत्याको आशंकमा एक जना पक्राउ परेका छन्।

पुर्चाैडी नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए।

स्थानीयहरूले ११ वटा गाई मरेको फेला परेको बताए पनि प्रहरी टोली गएर अनुगमन गर्दा १४ गाई मृत फेला परेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

उनका अनुसार पक्राउ परेका लक्ष्मण पार्की र सोही ठाउँका सुरेश पार्कीले पाटन नगरपालिकासँग सम्झौता गरी ३४ गाईलाई पाल्ने भन्दै पुर्चाैडी ल्याएका थिए।

उनीहरूले प्रति गाईको २ हजार समेत नगरपालिकाबाट पाएका थिए।

१४ वटा गाई मृत फेला परेपछि उनीहरूले नै मारेर फालेको आशंकामा पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको डिएसपी अधिकारीले जानकारी दिए।

सुरेश पार्की फरार रहेकाले खोजी कार्य गरी उनलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button