समाचार

२५ देखि ३० हजारका फोन खोज्दै हुनुहुन्छ? यी हुनसक्छन् विकल्प

नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्। ती कम्पनीले सस्तादेखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्। यहाँ २५ देखि ३० हजार मूल्यका फोनबारे चर्चा गरिएको छ। उक्त मूल्यमा सामसङ, ओपो, हुवाइ र शोओमी गरी चार कम्पनीका फोन हाल बजारमा छन्।

हुवाइ–वाइ८पी

यो फोनमा ६.३ इञ्चको डिस्प्ले छ। फोन ४ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा उपलब्ध छ। फोनमा पछाडि तीन क्यामरा छ।

जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड र मेगापिक्सलको डेप्थ  क्यामरा छ। त्यस्तै, १६ मेगा पिक्सलको सेल्फी क्यामरा छ। यसमा  ४ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ। फोनको मूल्य २६ हजार ९ सय ९० रूपैयाँ छ।

हुवाइ–वाइ म्याक्स

यो फोनमा ७.१२ इञ्चको डिस्प्ले छ। फोन ४ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा उपलब्ध छ। फोनमा १६ मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको डेप्थ गरी दुई क्यामरा छ। त्यस्तै, ८ मेगा पिक्सलको सेल्फी क्यामरा छ। यसको ब्याट्री क्षमता ५ हजार एमएएच छ। फोनको
मूल्य २९ हजार ९ सय ९० रूपैयाँ छ।

हुवाइ–वाइ९ प्राइम (२०१९)

यो फोनमा ६.५ इञ्चको डिस्प्ले छ। फोन ४ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा उपलब्ध छ। फोनमा पछाडि तीन क्यामरा छ।

जसमा १६ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड र मेगापिक्सलको डेप्थ  क्यामरा छ। त्यस्तै, १६ मेगा पिक्सलको सेल्फी क्यामरा छ। यसमा  ४ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ। फोनको मूल्य २९ हजार ९ सय ९० रूपैयाँ छ।

ओपो–ए३१

फोनमा ६.५ इञ्चको डिस्प्ले छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम छ। फोनको पछाडि पट्टि १३ एमपीको मुख्य, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामरा छ।

अगाडि ८ एमपीको क्यामरा छ। ४२ सय ३० एमएएचको ब्याट्री क्षमता रहेको फोनको मूल्य २६ हजार ५ सय ९० रूपैयाँ छ।

ओपो–ए५२

फोनमा ६.५ इञ्चको डिस्प्ले छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम छ। फोनको पछाडि पट्टि १३ एमपीको मुख्य, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामरा छ।

अगाडिको क्यामरा १६ एमपी छ। ५ हजार एमएएचको ब्याट्री क्षमता रहेको फोनको मूल्य २९ हजार ९ सय ९० रूपैयाँ छ।

ओपो–एफ११

फोनमा ६.५ इञ्चको डिस्प्ले छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोमे छ। फोनमा ४८ एमपीको मुख्य र ५ एमपीको डेप्थ क्यामरा रहेको छ।

अगाडिको क्यामरा १६ एमपी छ। ४ सय २० एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य २९ हजार ९ सय ९० रूपैयाँ छ।

सामसङ–ए२१

यो फोनमा ६.४ इञ्चको डिस्प्ले छ। यसमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा ४८ एमपीको मुख्य क्यामरा छ भने ८ एमपीको अल्ट्रा वाइड र ५ एमपीको डेप्थ क्यामरा रहेको छ। त्यस्तै, २० एमपीको सेल्फी क्यामरा छ।

६ हजार एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा १५ वाटको फास्ट चार्चिङ सुविधा दिएको छ। ग्राहकले यो फोन ६ जिबी र्याम १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य २७ हजार ४ सय ९९ रूपैयाँ पर्छ।

सामसङ–एम३१

फोनमा ६.४ इञ्चको डिस्प्ले छ। यसमा चार वटा क्यामरा छन्। जसमा ६४ एमपीको मुख्य, ८ एमपी अल्ट्रा वाइड, ५ एमपी म्याक्रो र ५ एमपीको डेप्थ क्यामरा छ।  त्यस्तै, सेल्फी क्यामेरा ३२ एमपीको छ।  ६ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।

उक्त फोन ग्राहकले ६जिबी र्याम र १२८ जिबी रोम क्षमता किन्न पाउने छन्। फोनको मूल्य ३० हजार ९ सय ९९ रूपैयाँ पर्छ।

रेड्मी–नोट८ प्रो
यो फोनको डिस्प्ले ६.५३  इञ्चको छ। पछाडि ४ वटा क्यामरा छन्। जसमा  ६४ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सलको डेप्थ र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ।

त्यस्तै, २० मेगापिक्सलको सेल्फी क्यामरा छ। ४५ सय एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले दुईवटा भेरियन्टमा किन्न पाउँछन्। जसको मूल्य क्रमशः २६ हजार ९ सय ९९ र २९ हजार ९  सय ९९ तोकिएको छ।

रेड्मी–नोट९ प्रो

यो फोनको डिस्प्ले ६.३ इञ्चकोे छ। पछाडि ४ वटा क्यामरा छन्। जसमा  ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सलको डेप्थ  र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। त्यस्तै, २३ मेगापिक्सलको सेल्फी क्यामरा छ।

४ हजार  एमएएच ब्याट्री क्षमता भएको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।  ग्राहकले यो फोन दुईवटा भेरियन्टमा किन्न पाउँछन्। जसको मूल्य क्रमशः २६ हजार ९ सय ९९ र २९ हजार ९  सय ९९ तोकिएको छ।

एमआइ–ए३

फोनको डिस्प्ले ६.३ इञ्चको छ। पछाडि ४ वटा क्यामरा छन्। जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सलको डेप्थ  र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। त्यस्तै, १३ मेगापिक्सलको सेल्फी क्यामरा छ।

४ हजार  एमएएच ब्याट्री क्षमता भएको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। ग्राहकले यो फोन ६जिबी र्याम र १२८जिबी रोम क्षमतामा पाउँछन्। फोनको मूल्य २७ हजार ९  सय ९९ तोकिएको छ।

मोडल क्षमता मूल्य
हुवाइ–वाइ८पी ४जिबी/१२८जिबी २६,९९०
हुवाइ–वाइ म्याक्स ४जिबी/१२८जिबी २९,९९०
हुवाइ–वाइ९प्राइम(२०१९) ४जिबी/१२८जिबी २९,९९०
ओपो–ए३१ ४जिबी/१२८जिबी २६,५९०
ओपो–ए५२ ४जिबी/१२८जिबी २९,९९०
ओपो–एफ११ ४जिबी/१२८जिबी २९,९९०
सामसङ–एम२१ ६जिबी/१२८जिबी २७,४९९
सामसङ–एम३१ ६जिबी/१२८जिबी ३०,९९९
रेड्मी–नोट८ प्रो

 

६जिबी/६४जिबी २६,९९९
६जिबी/१२८जिबी २९,९९९
रेड्मी–नोट९ प्रो

 

४जिबी/१२८जिबी २६,९९९
६जिबी/१२८जिबी २९,९९९
एमआइ–ए३ ६जिबी/१२८जिबी २७,९९९

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button