राजनीति

मानेनन् ओलीले २७ गते बैठक बोलाउन, यसरी बनाए ५ नेतालाइ निरिह

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक राख्ने पक्षमा अझै पनि रहेका छैनन् । गत कात्तिक २२ गते नेकपाका ५ सचिवालय सदस्यले बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि ओली तयार नभएका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितको सचिवालयका ५ नेताको अनौपचारिक बैठकमा ओली तयार नभएपछि कसरी अघि बढ्ने भन्नेबारे सामान्य छलफल भएको छ । तर, बैठक बोलाउन ओलीको ‘ग्रीन सिग्नल’ नआएसम्म मौनतामै रोकिइरहने मनस्थितिमा देखिएका छन् । सचिवालयका बहुमत सदस्य बैठकको पक्षमा हुँदाहुँदै पनि प्रचण्डलगायतका नेताहरु बैठक बोलाउन निरीह बनेका हुन् ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको बताउँदै आफूहरु अझैपनि सहमतिकै पक्षमा रहेको बताए ।
श्रेष्ठका अनुसार ५ नेताको बैठकअघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । भेटका क्रममा २७ गते बैठक बोलाउन प्रचण्डले आग्रह गरेपनि ओलीले बैठकको औचित्य नभएको भन्दै नबोलाउन जवाफ दिएका थिए ।
५ नेताको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले ओलीले अझै बैठक बोलाउन आनाकानी गरेपनि पार्टीभित्रको यावत समस्या समाधानका लागि बैठकको विकल्प नभएको बताएका थिए ।

‘सचिवालयका ५ सदस्यहरुले २२ गते अर्का अध्यक्ष ओलीलाई भेटेर लिखित रुपमै सचिवालयको बैठक बोलाउन आग्रह गर्नुका साथै त्यसमा सहमति जनाउन अनुरोध गरेको थियो’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘हिजोसम्म हामीले बैठक बस्ने अपेक्षा गरेपनि बस्न सकेन । अझै पनि बस्ने कुरामा उहाँले सहमति दिनु भएको छैन । आज कार्यकारी अध्यक्ष प्रचण्डले फेरि ओलीलाई भेटेर यसबारेमा गम्भीरतापूर्वक छलफल भएको छ । बैठक बस्नुबाहेक अर्को विकल्प छैन । आज पनि प्रचण्डले बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्नुभएको छ  ।’

तर ओलीले बुधबार काठमाडौं बाहिर कार्यक्रम रहेको बताएको र २७ गते सचिवालय बैठक बस्नुपर्छ भन्दा पनि सहमति नजनाएको श्रेष्ठले बताए ।

श्रेष्ठले प्रचण्डको आग्रहअनुसार भोलिको कार्यक्रम सर्किएपछि ओलीले पर्सी बस्ने कुरामा सहमाति जनाउने विश्वास समेत व्यक्त गरे ।

यसैबीच वरिष्ठ नेता माधव कुमार नेपालले २७ गते सचिवालयको बैठक बस्ने बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सो बैठकमा ओली पनि सहभागी हुने दावी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button