प्रबास

अमेरिकी निर्वाचन : ट्रम्पका समर्थक बन्दुक बाेकेर प्रदर्शनमा, प्रहरीद्वारा धरपकड

काठमाडाैँ, २२ कार्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा दुवै उम्मेद्वार पक्षधरहरूबीच तनावकै अवस्था सृजना भएकाे छ ।  कडा प्रतिस्पर्धाका बीच जो बाइडेन ट्रम्पभन्दा निकै अगाडि देखिएका छन् । यद्यपि मतगणता जारी रहेकाे छ ।

दुवै उम्मेदवारबीच टक्कर देखिएको एरिजोना राज्यमा अहिले डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन अघि छन् । उनले त्यहाँ राष्ट्रपति डाेनाल्ड ट्रम्पको भन्दा ३० हजारबढी भोट हासिल गरेका छन् । तर पछि परिरहेका ट्रम्पका समर्थकहरू मतगणना दाैरान प्रदर्शनमा उत्रिएका छन् ।

ट्रम्पका समर्थकहरु मत गणनास्थलबाहिर जम्मा भएर प्रदर्शन गरिरहेका छन् भने उनीहरूमध्ये कसैले बन्दूक पनि बाेकेका छन् । उनीहरुले प्रत्येक भोट गनिनु पर्ने माग गरेका छन् ।

बिबिसीका अनुसार प्रहरीले केही बन्दुकधारी प्रदर्शनकारीमाथि धरपकड गरेर नियन्त्रणमा लिएकाे छ । अब साे राज्यमा १ लाख ७३ हजार भोट गन्न बाँकी रहेकाे त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला केही हजार भोटमा फेरि ट्रम्प अगाडि देखिएका छन् । बाइडेनले एरिजोनाका सहरी क्षेत्रमा राम्रो गरेका छन् भने ट्रम्पले त्यहाँ ग्रामीण क्षेत्रमा निकै राम्रो प्रदर्शन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button