प्रबाससमाचार

अस्वस्थ भएपछि रुसी राष्ट्रपति पुटिनले पदबाट राजीनामा दिँदै !

एजेन्सी, २१ कात्तिक । बेलायती अखबार द सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट राजीनामा दिन लागेको दावी गरेको छ । रुसी उच्च स्रोतले बताएको भन्दै पुटिनले स्वास्थ्यको कारण उनले राजीनामा दिने द सनले उल्लेख गरेको छ ।

समाचार अनुसार पुटिनले २०२० को अन्त्यसँगै राजीनामा दिने सम्भावना रहेको छ । औपचारिक रुपमा जानकारी नगराइएपनि ६८ बर्षका पुटिनलाइ पार्किन्सन्स रोग लागेको हुनसक्ने अनुमान गरिएको छ । किनकी उनले पार्किन्सन्स रोगसँग मिल्ने लक्षणहरु देखाइरहेको अन्य अन्तर्राष्ट्रिय समाचार माध्यम हरुले पनि बताइरहेका छन् ।

त्यस्तै रुसका बिज्ञहरुले पनि साोही रोगका कारण उनको ३७ बर्षका प्रेमिका एलिना कबाएबाले पद छाड्न आग्रह गरिरहेको समाचार माध्यमहरुले बताएका छन् । उनले २०२१ को जनवारीमै पद हस्तान्तरण गर्न सक्ने बताइएको छ ।

पछिल्लो समय सार्वजनिक भएको भिडियोमा पुटिन कुर्सीमा बस्दा खुट्टाहरु निरन्तर काँपिरहेको देखिएको समाचारमा उल्लेख छ । त्यस्तै उनले कलम समाउँदा पनि औंलाहरु काँपिरहेको देखिएको दावी गरिएको छ । त्यस्तै भिडियोमा औषधिसमेत सेवन गरिरहेका देखिने समाचार माध्यमहरुले बताएका छन् । शक्तिशाली मुलुकहरुको सूचीमा पर्ने रुसको राष्ट्र प्रमुखको राजीनामाको बिषयलाई अन्तराष्ट्रियस्तरमा महत्वका साथ हेरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button