प्रबाससमाचार

मतपरिणाममा धादली भएको ट्रम्पको आरोप, अदालत जाने धम्की !!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन् । अझै लाखौँ मत गन्न बाँकी रहेको अवस्थामा राष्ट्रपति ट्रम्पबाट एकतर्फी विजय घोषणा गर्दै उक्त कुरा बताएका हुन् । राष्ट्रपति भवन व्हाईट हाउसको पूर्वी कोठामा अवस्थित पोडियममा विजयीभाव सहित उक्त कुरा बताएको बिबिसीले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० स्थानमा जित्नुपर्ने हुन्छ । हालसम्मको मतगणनामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१३ स्थानमा विजय हात पारेका छन् भने प्रतिस्पर्धी जो बाईडेनले २३८ स्थानमा जित हाँसिल गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button