समाचार

खुला मञ्‍चमा खाना वितरणमा रोक लगाउने महानगरको निर्णयप्रति साझा पार्टीको विरोध, गगन थापा भन्छन खाना खुवाउने अभियान परोपकारी र सहरको इज्जत धानिदिने कार्य !!

काठमाडौँ — खुला मञ्‍चमा असहायहरुलाई खाना वितरणमा काठमाडौं महानगरपालिकाले रोक लगाएकोमा साझा पार्टीले आपत्ति जनाएको छ । केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौंको खुलामञ्चमा असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विज्ञप्तिमार्फत भर्त्सना गरेको हो ।

महानगरपालिकाको कदमको विरोध जनाउन बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने प्रवक्ता पाठकले जानकारी दिए । ‘साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो सामाजिक संजाल मार्फत काठमाडौँका विभिन्न स्थानमा यस्तो विषम परिस्तिथिमा बिहान साझ खाना खुवाउने कार्य परोपकारी र सहरको इज्जत बढाउने कार्य भएको भन्दै महानगरपालिकाको निर्णयलाइ अमानविय बताउनु भएको छ र यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्नु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button